भ्रमण वर्ष २०२० लाई सफल पार्न आफै जुट्दै सांसद महेश बस्नेत, भक्तपुरमा शुभारम्भको कार्यसूची सार्वजनिक

Post Thumbnail

पौष ५, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को व्यापक मात्रामा प्रचार प्रसारमा लाग्नुभएको छ । सरकारले आगामी दिन तथा वर्षहरु नियमित रुपमा भ्रमण वर्षकै रुपमा रहने बताइएता पनि विशेष गरी सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याई नेपालको पहिचान विश्वसामू अझ बढी विश्वसनीय र प्रभावकारी आधार बनाउने घोषणाका साथ लागिरहेको छ ।

भ्रमण वर्षलाई सफलता बनाई देशको आर्थिक वृद्धिदरलाई तिव्र विकास गर्ने मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रको विकास र विस्तारको कार्यहरु सरकारले देशभर गरिरहेको छ । यसैक्रममा भक्तपुर नेपालकै एक महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा परिचित रहेको छ । भक्तपुरको कला, संस्कृति, परम्परा, नगरकोट, घ्याम्पेडाँडा, ५५ झ्याले दरवार, चाँगुनारायण मन्दिर, रानीकोट, साँगामा रहेको कैलाशनाथ महादेव, न्याथपोल, अनन्तलिङ्गेश्वर मन्दिर, पाइलट बाबा आश्रम, निर्माणाधिन पाथिभर मन्दिरलगायतका असंख्य पर्यटकीय स्थालहरुको संगम रहेको छ ।

यतीमात्र नभई नगरकोट, घ्याम्पेडाँडा, रानीकोटलगायतका क्षेत्रबाट करिव २७ वटा हिमश्रृङ्खलाहरु देख्न पाईन्छ । पर्यटकीय क्षेत्रको संरक्षण तथा सम्बद्र्धन गर्न सके भक्तपुरको मात्र नभई समग्र मुलुकको नै आर्थिक स्थिती सुधार गर्ने तथा लाखौं युवाहरुमा रोजगारीको वातावरण सिर्जना हुने स्पष्ट रुपमा देखिन्छ ।

यसै क्रममा सांसद बस्नेतले भक्तपुरको विकास र समृद्धिको चारै तिरका ढोकाहरु खुल्ला गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै मुलुककै एक उदाहरणीय जिल्लाको रुपमा परिचित गराउने संकल्पका साथ अघि बढिरहनुभएको छ । यसै क्रममा सांसद बस्नेतले आज रोयल डाइनस्टी रिसोर्टले आयोजना गरेको हाइकिङको उद्घाटन गर्नुभयो । उक्त हाइकिङ सूर्यविनायक, घ्याम्पेडाँडा, लाकुरी भञ्ज्याङ, अनन्तलिङ्गेश्वर हुँदै रोयल डाइनस्टीमा आई सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै सांसद बस्नेतले आन्तरिक तथा बाह्य पर्यटकको केन्द्रको रुपमा विकास गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै भक्तपुरमा नीजि क्षेत्रका लगानीकर्ताको आयोजनामा भ्रमण वर्ष सफल बनाउन विभिन्न प्रकारका कार्यहरु भइरहेको जसको उदाहरणको लागि हाइकिङ पनि एक भएको उल्लेख गर्नुभयो ।

पर्यटकलाई धेरै भन्दा धेरै समयसम्म भक्तपुरमा पर्यटक बस्नेत उपर्युक्त वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै उहाँले भक्तपुरमा इको भिलेज, होम स्टे, बन्जी जम्प, प्याराग्लाईडिङ लगायतका आन्तरिक तथा बाह्य पर्यटकलाई अकार्षण गर्न सक्ने प्रकारका कार्यहरुको विकास गरिरहेको उल्लेख गर्नुभयो ।

भ्रमण वर्षको स्वागतमा गरिने कार्यक्रमहरु,

१। जिल्ला तवरको समन्वय र पर्यटन प्रवद्र्धन समन्वयको सहकार्यमा पुर १५ गते ९डिसेम्बर ३१०का दिन न्याथपोल क्षेत्रमा दिप प्रज्वलन गरी २०१९ लाई विदा गरी २०२० लाई स्वागत गर्ने,

२। उक्त दिन परम्परागत तथा आधुनिक सांस्कृतिक कार्यक्रम आयोजना गर्ने,

३। २०२० को पहिलो दिन पहिलो सूर्योदयले स्वागत गर्ने भए अनुसार नै नगरकोटमा जिल्ला स्तरको समिती, चाँगुनारायण नगरपालिका, नगरकोट पर्यटन प्रवद्र्धन समितीलगायतका संयुक्त आयोजनामा जनवरी १ को स्वागतका लागि भव्य कार्यक्रम गर्ने,

४। नगरकोट प्रवेश गर्ने पहिलो पर्यटकलाई भव्य स्वागत गर्ने

५। प्रभात फेरी गर्ने । लगायतका रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस