पौष ६, काठमाण्डौँ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो शुभकामना मन्तव्य राख्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पछिल्लो समय सडक निर्माणको क्रममा जनतालाई केही समस्या उत्पन्न भइरहेको उल्लेख गर्दै अबको केही महिनामा उक्त सडकहरु कालोपत्रे भइसक्ने र त्यसपछि जनताले जनप्रतिनिधिलाई गाली गर्ने दिन समाप्त हुने दावी गर्नुभएको छ ।
सूर्यविनायक नगरपालिका वडा नं। ४ गाम्चा स्थिती शनिवार भएको छहारी बचत तथा ऋण सहकारी संस्थाको ९औं साधारण सभामा बोल्दै सांसद बस्नेतले भक्तपुरमा नीजि तथा सरकारी क्षेत्रको सहयोगले विकास र समृद्धिको यात्रा तिव्र गतिका साथ अघि बढेको उल्लेख गर्दै भक्तपुर मुलुककै लागि उदाहरणीय कार्य भएको जिल्लाको रुपमा परिचित हुँदै गएको बताउनुभयो ।
भक्तपुरमा निर्माणको प्रकृयामा रहेका साना ठूला आयोजनाहरु एक पछि अर्को गर्दै अघि बढिरहेको उल्लेख गर्दै राष्ट्रिय गौरवका आयोजनाहरु स्मार्ट सिटी, अन्तर्राष्ट्रिय रंगशाला, कवोर्ड हल, आधुनिक सभागृह, वीर अस्पताल, हनुमन्ते करिडोर, प्राणी उद्यान केन्द्र लगायतका ठूला ठूला आयोजनाहरु निर्माणका कार्यहरु समेत अघि बढेको जानकारी गराउनुभयो । त्यस्तै नीजि क्षेत्रको लगानीमा होम स्टे, प्याराग्लाईडिङ, बन्जी जम्प, इको भिलेजलगायतका कार्यहरु निर्माणको कार्यसमेत भइरहेको जानकारी गराउनुभयो ।
सांसद बस्नेतले सहकारी मुलुकको समृद्धिको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो । सरकारले थ्री पिको माध्यमबाट समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउन सकिने रणनीतिका साथ अघि बढेको उल्लेख गर्दै उहाँले सहकारीले गाउँ गाउँमा रोजगारीको सिर्जना गरेको मात्र नभई लाखौं नेपालीलाई आत्मनिर्भर समेत बनाउँदै लगेको बताउनुभयो ।
गाउँ गाउँमा सहकारी पुगेसँगै गरिव जनताको सारथीको रुपमा स्थापीत भएको उल्लेख गर्दै उहाँले सहकारी कै कारण साहुको चर्को व्याजमा ऋण लिई आफ्नो सवै सम्पत्तीमात्र नभई इज्जतलाई समेत त्याग्नुपर्ने परम्परालाई तोडेको समेत उल्लेख गर्नुभयो ।
उक्त सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै साधारणसभा समापन भएको छ । कार्यक्रममा अध्यक्ष कृष्णहरी खड्काद्वारा आर्थिक वर्ष २०७५/०७६ को प्रतिवेदन, सचिवको रामशरण प्रजापतीद्वारा आव २०७५र०७६ को प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन प्रविण शंखदेव, लेखा संयोजकको तर्फबाट अनिता राउत तथा लेखा परिक्षकको प्रतिवेदन प्रस्तुत गर्दै साधारणसभा सम्पन्न भएको छ ।
सूर्यविनायक नगरपालिका वडा नं। ७ का वडाध्यक्ष रबिन्द्र सापकोटा, समाजसेवी प्रेम बहादुर खड्का, जनक न्यौपाने, श्रीकृष्ण विष्ट, कैलाशभक्त प्रधानाङ्ग, संस्थाका अध्यक्ष खड्काले शुभकामना मन्तव्य राख्नुभयो । त्यस्तै कार्यक्रममा जेष्ठ नागरिक सम्मानमा ९६ वर्षिय धनबहादुर राजधला र ८२ वर्षिय विष्णुमाया शंखदेव, उत्कृष्ट वचतकर्तामा प्रिया बस्नेत, माइली प्रजापति, असल नियमित बचतकर्ता अनुशा थापा, उत्कृष्ट महिला समूह सृजनशिल महिला समूह, असल ऋणी मिठु परियारलाई सम्मान गरियो ।
त्यसरी सम्मानीत हुनेमा हालै सम्पन्न सागमा दोहोरो स्वर्ण पदक बिजेता मण्डेकाजी श्रेष्ठ, बाल गायक आयुष केसी, कलिलै उमेरमा न्याय सेवाको अधिकृतमा नाम निकाल्न सफल श्रद्धा बिष्ट लगायतका रहेका छन् ।उहाहरुलाई सांसद बस्नेतले नगदसहित सम्मान पत्रले सम्मान गर्नु भएको थियो । एसईई परिक्षामा उकृष्ट नम्बर ल्याई सामुदायीक विद्यालयबाट संस्थाका शेयर सदस्यहरुको छोरा छोरी मध्ये दिपेश घिमिरे र अस्मिता कार्कीलाई सम्मान गरिएको छ । त्यस्तै छात्रवृत्ति तर्फ रोहन गौले र मिना थापालाई प्रदान गरिएको छ ।