दैलेखमा गाउँपालिका अध्यक्षको अपहरण, विप्लव समूहको आशँका

Post Thumbnail

पौष ६, काठमाण्डौँ । नेकपा विप्लव समूहका कार्यकर्ताले दैलेखबाट ठाँटीकाँध गाउँपालिका अध्यक्षलाई गएराति अपहरण गरेका छन् । घरैबाट गाउँपालिका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमतीलाई अपहरण गरेको नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । तर नेपाल राष्ट्रिय शिक्षक संघकी केन्द्रीय उपाध्यक्ष समेत रहेकी शाहीकी श्रीमती इला मल्ल शाहीलाई भने राति नै छाडिदिएको उनले जनाए । रिजालले इला मल्लसँग आफ्नो पनि कुराकानी भएको स्पष्ट पार्दै गाउँपालिका अध्यक्ष शाहीलाई अपहरण गरेर कालीकोटतर्फ लगिएको जानकारीमा आएको बताए । तर अहिलेसम्म विप्लव समूहले भने यसको जिम्मेवारी लिइसकेको छैन ।

कर्णाली प्रदेशका डीआईजी पूर्णचन्द्र जोशीले पनि घटनाको पुष्टि गर्दै रातिदेखि नै शाहीको खोजीका लागि प्रहरी परिचालन गरिएको जानकारी गराए ।

ताजा अपडेट

खोजी गर्नुहोस