नेपाली कथानक चलचित्र ‘आमा’ को ट्रेलर ट्रेन्डिङ एकमा !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ पौष ६, आईतबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष ६, काठमाण्डौँ । नेपाली कथानक चलचित्र ‘आमा’को ट्रेलर युट्युब ट्रेन्डिङको एक नम्बरमा आएको छ । युट्युब रिलिजको तेस्रो दिन ट्रेलर युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो । हस्पिटल ड्रामा चलचित्र ‘आमा’को ट्रेलर फुल लेन्थ हिन्दी चलचित्रलाई समेत पछि पार्दै युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो ।

अक्षयकुमारको सहित तीनवटा हिन्दी चलचित्रलाई ‘आमा’को ट्रेलरले पछि पारेको हो । बुढा सुब्बा युट्युब च्यानलबाट ट्रेलर लञ्च गरिएको थियो । फागुन ९ गते रिलिज हुने चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त र सरिता गिरी मुख्य भूमिकामा छन् । चलचित्रले सरकारी र निजी अस्पतालमा भिन्नता र यसका सकारात्मक तथा नकारात्मक पक्षालाई चलचित्रले उठान गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस