व्यक्ति/संस्थाको नम्बर चाहियो ? १९७ मा फोन गर्ने हैन ! अब नेपाल टेलिकमको वेबसाइट हेर्नुहोस्

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०७६ पौष ६, आईतबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष ६, काठमाण्डौँ । तपाईले १९७ मा फोन गरेर माग्नुहुने नम्बर अब नेपाल टेलिकमको वेबसाइटबाटै आवश्यकता बमोजिम कुनै पनि व्यक्ति तथा संस्थाको नम्बर हेर्न सक्नुहुनेछ । नयाँ व्यवस्थाअनुसार अब कम्पनीको वेबसाइटबाट पनि आवश्यक नम्बर हेर्न सकिनेछ ।

नेपाल टेलिकमको वेब पेज मार्फत् यस प्रकारको पीएसटीएन टेलिफोन सोधपुछ प्रणाली सञ्चालनमा ल्याइएको हो । यसका लागि कम्पनीको वेबसाइटमा लगअन गर्नुपर्छ । त्यसपछि त्यहाँ दिइएको टेलिकम ईन्क्वेरीमा आफूलाई चाहिएको व्यक्ति वा संस्थाको नम्बर खोज्‍न सकिन्छ ।

व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ । त्यसैगरी संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्ला अनुसार टेलिफोन नम्बर प्राप्त गर्न सकिन्छ । विगतमा पनि पीएसटीएन टेलिफोन नम्बर खोज्‍नका लागि कम्पनीको मुख्य वेब पेजमार्फत वेबमा आधारित इन्क्वेरी प्रणाली सञ्चालनमा रहेको थियो । हाल सोही सेवालाई पुनः परिमार्जित रूपमा सञ्चालनमा ल्याइएको हो । टेलिकमले थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बर पत्ता लगाउन १९७ मा फोन गरेर सोध्नुपर्ने बाध्यता अन्त्य गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस