‘कानुनमन्त्रीलाई पदमा बसिरहने कुनै नैतिकता छैन’ : डा शेखर कोईराला

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ श्रावण ७, सोमबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन ७,काठमाडौँ । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले नेपाली चेलिहरूको अस्मितामाथी अत्यन्तै आपत्तीजनक अभिब्यक्ती दिने कानुनमन्त्रीलाई पदमा बसिरहने कुनै नैतिकता नभएको बताउँदै तत्काल उनलाई बर्खास्त गर्नूपर्ने बताएका छन ।

सार्बजनिक पदमा बसेर कानुनमन्त्री शेरबहादुर तामांगले दिएको अभिब्यक्तीले आम नेपाली चेलीहरूको आत्मसम्मानमा चोट पुगेको बताए ।

सरकार अहिले लगाम बिनाको घोडा जसरी हिडेको बताउदै कोईरालाले देशमा अराजकता बढेको बताए । कोईरालाले सरकार दूई तिहाईको दम्भबाट मूक्त नभए त्यो कम्युनिष्टहरुकै लागी दुर्भाग्य हुने बताए ।

नेपाली काँग्रेस बर्दियाले गुलरियामा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै कोईरालाले राणा, पंचायत र शाही शासनका बिरूद्ध लडेको काँग्रेसलाई कमजोर नठान्न चेतावनी दिए ।

काँग्रेस केन्द्रिय सदस्य प्रदिप पौडेलले सस्तो लोकप्रियताका नाममा झूटको खेती नगर्न सरकारलाई चेतावनी दिए । नेबिसंघका पुर्व केन्द्रिय अध्यक्ष केशव सिंहले कम्युनिष्टको ज्यादती बिरुद्ध लड्न युवाहरूलाई तयार रहन निर्देशन दिए ।

कार्यक्रममा पुर्व सचेतक डा. शोभाकर पराजुली, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्षहरु डा गोबिन्द पोख्रेल, र डा स्वर्णिम वाग्ले लगायतले मन्तब्य राखेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस