पौष ७, काठमाण्डौँ । नेपालका चर्चित गीतकार शुक गुरुङको असामयिक निधन भएको छ । चर्चित गीत ‘छेक्यो छेक्यो’ का सर्जक गुरुङको अचानक निधन भएको हो ।
उनको आइतबार बिहान पोखराको चरक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । २०२२ सालमा चितवनमा जन्मिएका उनी लामो समयदेखि मृगौलाको रोगबाट पीडित थिए । उनका ‘छेक्यो छेक्यो‘’, ‘आँखैमा झलझली हितैको तरी‘’,‘भाइटीकामा भेट्न आउँला‘’ जस्ता चर्चित गीत छन् ।