खोलाले बगाएकी उष्माको शव चार दिनपछि सिन्धुलीमा भेटियो

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७५ जेष्ठ ३, बिहिबार (६ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

जेठ ३,रामेछाप । सोमबार बिहान कक्षा ११ को परीक्षा दिन जाँदै गर्दा रणजोर खोला तर्ने क्रममा खोलाले बगाएर हराइरहेकी १८ वर्षकी उष्मा फुँयालको शव बिहीबार दिउँसो छिमेकी जिल्ला सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नम्बर–७, मा रहेको खुर्कोटमा फेला परेको छ ।

गएको सोमबार बिहान आएको भिषण वर्षासँगै आएको बाढीले उष्मासहित ६ जनालाई स्थानीय रणजोर खोलाले बगाएको थियो । उनीहरु ६ जना नै कक्षा ११ को परीक्षा दिन मन्थलीबाट रुद्राक्षेश्वर मावि मुगिटारतर्फ जाँदै थिए । मन्थलीबाट मुगिटा जाने क्रममा रणजोर खोला तरेर जानुपर्ने र त्यो खोला तर्ने क्रममा उनीहरुलाई बगाएको थियो ।

खोलाले बगाएकाहरु मध्ये २ जना खोलाबाट बग्दै गरेको अवस्थामा निस्कन सफल भएका थिए भने अन्य तीनजना तामाकोशी नदीबाट निस्कन सफल भएका थिए । खोलाले बगाएकाहरु मध्ये उष्मा भने चारदिनदेखि वेपत्ता थिइन ।

उनको खोजी कार्यको लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय नागरिकहरुले चारदिनदेखि खोजी जारी राखेका थिए । खोजी गर्दै जादा मृतक फुँयालको शव खुर्कोटमा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिए ।

मृतक फुँयालको शव पोष्टमार्टमको लागि जिल्ला सदरमुकाम ल्याउँदै गरिएको पनि निरीक्षक थापाले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस