साथीभाइ समुह कलंकीद्वारा भुजेललाई न्यानो कपड़ा बितरण

Post Thumbnail

पौष ७, काठमाण्डौँ । साथीभाई समुह कलंकीले साहारा महिला समाज, कलंकीलाई सहयोग प्रदान गरेको छ । समूहले समाजका सुनिता भुजेललाई जाडोको सामाग्री सहयोग गरेका हुन् । समूहले म्यानो कपडा सिरक, डसना, तकिया लगायत स्टेसनरी सामाग्री सहयोग गरेको हो ।

अनाथ तथा असहाय महिलालाई सहयोग गर्ने उदेश्य अनुसार २०६२ देखी समाज सन्चालनमा रहेको छ । समाजले विभिन्न बालबालिकालाई सहयोगीको हातबाट कापी, कलम, स्टेसनरी सामान सहयोग गर्दै आईरहेको अध्यक्ष बिना दाहालले बताइन् । समाजमा अहिले ५० जना महिलालाई साक्षर बनाईरहेको छ ।

यसअघि समूहले दिलसोभा श्रेष्ठको आमाघर, भक्तपुरको मानव सेवा केन्द्र लगायतलाई सहयोग गरेको थियो । समूहले राम थापा मगर, लक्ष्मण थापा मगरलाई स्टेसनरी सामाग्री प्रदान गरेको थियो ।

सहयोग प्रदान कार्यक्रममा अध्यक्ष दाहालले सँस्थाको भवन आबस्यक रहेको बताउदै अनाथ तथा दुःखीलाई भाडाको कोठामा राख्नुपर्दा अप्ठ्यारो भएको गुनासो गरिन् । उनले अन्य सहयोग गर्न पनि अपिल गरिन । सो क्रममा समुहका अध्यक्ष अरुण सिलवालले समुहको तर्फबाट सक्ने सहयोग गर्ने बताए । उनले समुहको मुख्य भावना नै सहयोग गर्ने रहेको बताउँदै आगामी दिनमा समाजलाई सहयोग जुटाउन आबस्यक पहल गर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस