धादिङको गंगाजमुना गाउँपालिकाद्धारा प्राविधिक सेवासहितको अस्पताल सञ्चालन

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७६ पौष ७, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष ७, धादिङ । धादिङ जिल्लाको गँगा जमुना गाउँपालिकाले प्राविधिक सेवासहितको अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पतालको उद्घाटन गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारी र उपाध्यक्ष एण्जिला तामाङले गर्नुभएको थियो ।

धादिङ जिल्लाको विकट मानिने यस गाउँपालिकामा यस किसिमको अस्पतालले सहयोग पुगने आशा गरिएको छ । विशेषज्ञ सेवा दिने उद्देश्यले अस्पताल सुरु गरिएकोले यसलाई अझ ब्यबस्थित गर्दै लैजाने गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारीले बताए । विकट भएकै कारण बजार सम्म जाने समस्यालाई मध्यनजर गर्दै यस किसिमको अस्पताल गाउँमा नै स्थापना भएपछि सहयोग पुग्ने उपाध्यक्ष एन्जिला तामाङले बताईन् । गंगा जमुना गाउँपालिका वडा नम्बर ५ मा रहेको फुलखर्क स्वास्थ्य चौकीलाई प्रस्तावित ग्रामिण अस्पतालको रुपमा पालिकाको आन्तरिक श्रोतबाट सञ्चालन गर्न लागेको हो । गंगाजमुना गाउँपालिकामा रहेका ५ स्वास्थ्यचौकीमा यसअघि नै प्रयोगशाला सेवा सञ्चालनमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस