‘अब ‘प्याज खानु स्वास्थ्यका लागि हानीकारक छ’ भनेर सूचना जारी गरियोस्’ : साँसद पासवान

Post Thumbnail

पौष ७, काठमाण्डौँ । नेपालीको भान्सामा अनिवार्य प्रयोग हुने प्याजको मूल्य दुई सय रुपैयाँ केजीभन्दा माथि पुगेको विषय संसदमा पनि पुगेको छ । संसदको हिउँदे अधिवेशन अन्तरगत सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद रामप्रीत पासवानले प्याजको महँगीबारे बोलेका हुन् । उनले बैठकमा बोल्दै नेपाली जनताले प्याज खाने अवस्था नरहेको उल्लेख गरे। ‘प्याज २०० प्रतिकेजी माथि पुगेको छ’, उनले भने, ‘सरकारबाट अब ‘प्याज खानु स्वास्थ्यका लागि हानीकारक छ’ भनेर सूचना जारी गरियोस् ।’

सांसद पासवानले देशमा समृद्धि नेता र कर्मचारीलाई मात्रै आएको बताए । ‘समृद्धि नेता र कर्मचारीलाई आयो, हिजोका सर्वहारा नेता महलमा आसिन छन्’, उनले भने, ‘जनताको घरमा गरिबी उस्तै छ । जनताले आलु पनि किन्न सकिरहेका छैनन् । जनता त्रसित छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस