बलात्कारको आरोप लागेका सिद्धबाबालाई थप तीन दिन थुनामा राख्न अदालतको अनुमति

Post Thumbnail

पुष ७, सुनसरी । जिल्ला अदालत सुनसरीले बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थप तीन दिन थुनामा राख्न अनुमति दिएको छ । मंसिर १६ गते पक्राउ परेका गिरीलाई पाँचै पटक तीन दिन थुनामा राख्ने अनुमति दिएको हो ।

सोमबार जिल्ला अदालत सुनसरीले थप तीन दिन थुनामा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए ।

प्रहरीले सिद्धबाबालाई पक्राउ परेको दिन चार दिनको म्याद थप गरेको थियो । मंसिर २० गते दोस्रो पटक सात दिनको म्याद थप गरेको थियो । मंसिर २७ गते तीन दिन र मंसिर ३० गते सात दिनको म्याद थप गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयले सिद्धबाबाको अनुसन्धान गरी प्रतिवेदन सरकारी वकिलको कार्यायललाई बुझाइसकेको छ । समय अभावका कारण सरकारी वकिलको कार्यालयले सोमबार तीन दिन म्याद थप गरेको हो । प्रहरी उपरीक्षक पोखरेलले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाइएको बताए ।

महिला अनुयायीले ४ कात्तिकमा सिद्धबाबाले बलात्कार गरेको भन्दै उजुरी दिएपछि गिरी मंसिर १६ गते विराट नर्सिङहोमको आइसियूबाट पक्राउ परेका थिए ।

गिरी छातिमा समस्या आएको भन्दै अस्पताल भर्ना भएपनि अझै विरामीको बहानमा अस्पतालमा बसिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस