पौष ८, धादिङ । धादिङमा बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ गरिएको धादिङ प्रहरीले जनाएको छ । धादिङको साविक री गाविस वडा नम्बर ९ हाल गंगाजमुना गाउँपालिका वडा नम्बर १ किचेट बस्ने वर्ष ३० का सुन बहादुर तामाङलाई पक्राउ गरि धादिङ जिल्ला अदालत समक्ष पेश गरिएको छ । अहिले कैद भुक्तानको लागी कारागार कार्यालय धादिङ चलान भएको समेत जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङबाट फरार प्रतिवादीका रुपमा पक्राउ अभियान अन्तर्गत धादिङ जिल्ला अदालतबाट २०७४ साल पुष ४ गते पक्राउ गर्न आदेश दिएको थियो । फैसलाले १ वर्ष कैद र पाँच हजार जरिवाना हुने गरि फैसला गरेको थियो ।
यसैगरी धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नम्बर ९ बस्ने इन्द्र खनालको मोवाईल सेट हराएकोमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खोजतलास गरी दस महिनापछि फेला पारीएको छ । उक्त मोवाईल सम्बन्धित व्यक्तिलाई जिम्मा लगाईएको छ । यस्तै अर्का फरार प्रतिवादी धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष २६ का सुब्बा परियारलाई पनि पक्राउ गरिएको छ । धादिङ जिल्ला अदालतबाट २०७३ असार १३ गतेको फैसलाले रु १०‚००० जरिवाना तोकिएका केही सार्वजनिक अपराध मुद्दाका फरार प्रतिवादी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर प्रहरीद्वारा पक्राउ गरी सम्मानित धादिङ जिल्ला अदालत समक्ष पेश गरेकोमा तोकिएको जरिवाना तिरी मुक्त भएको समेत धादिङ प्रहरीले जनाएको छ ।