पौष ८, काठमाण्डौँ । सरकारले गत साउनदेखि १ गतेदेखि नै लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी हुनका लागि विभिन्न वाणिज्य तथा विकास बैङ्कका कर्मचारी असहमत देखिएका छन् ।
ट्रेड युनियनले करिब दुई दशकअघिदेखि माग गर्दै आएको योगदानमा आधारित सामाजिक सुरक्षाले अगाडि सारेका योजनाबाट हाल खाइपाइ आएका सुविधासमेत कटौती हुने, दोहोरो कर तिर्नुपर्ने भन्दै बैङ्कमा कार्यरत कर्मचारी यस योजनामा सहभागी हुन नमानेको नेपाल बैङ्कर्स एसोसिएसनले जनाएको छ ।