गुरुजुधारामा सवारी दुर्घटना, एक जनाको मृत्यु

Post Thumbnail

पौष ८, काठमाण्डौँ । अज्ञात गाडीले ठक्कर दिंदा चन्द्रागिरी नगरपालिका १२ गुरुजुधारामा आज बिहान एक जनाको ज्यान गएको छ । थानकोटबाट कलंकी जाँदै गरेको मोटर साईकललाई पहिचान भईनसकेको सवारी साधनले ठक्कर दिदा मो।सा चालक अर्जुन बहादुर के।सीको घटनास्थलमै मृत्यु भएको हो ।

पर्वत, कुलीपोखरी १ घर भई हाल चन्द्रागिरि नपा वडा नं ७ बस्ने मृतक केसी छोरालाई बिद्यालय पुर्याउन कलंकी तर्फ जाँदै गर्दा अज्ञात सवारी साधनले ठक्कर दिएर भागेको महानगरीय प्रहरी बृतका प्रमुख डिएसपी घनश्याम श्रेष्ठले बताउनु भयो । श्रेष्ठले फरार सवारीलाई छिट्टै नियन्त्रणमा लिई अनुसन्धान गरिने पनि बताउनु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस