यसरी उठ्दैछ धरहरा ! (फोटोफिचरसहित)

पौष ८, काठमाण्डौँ । २०७२ बैशाख १२ गतेको भूकम्पले भत्किएको धरहरा नयाँ डिजाइनका साथ निर्माण जारी छ । अवको धरहरामा लिफ्ट चढेर जाने व्यवस्था गरिनेछ भने १०औँ तलामा धराहरा तथा इतिहासबारे प्रोजेक्टरबाट जानकारी दिने थिएटर हल राखिनेगरी बनाइने छ । यस्तै बगैँचामा ५० फिट अग्लो हुने पानीको फोहोरा राखिने योजना समेत छ । भूकम्पले भत्किएको धरहरा सिसाभित्र राखेर संरक्षण गरिनेछ भने नजिकै छेउमा पुरानो स्वरूपमा आधुनिक सुविधा सम्पन्न धरहरा बनाउने काम भइरहेको छ ।

भीमसेन थापाको पालामा बनेको धरहरा २०७२ सालको महाभूकम्पले क्षतिग्रस्त बनाएको थियो । भूकम्पको चार वर्षपछि जीआईईटीसी रमन जेभीले पुनर्निर्माणका काम गरिरहेको हो । विसं १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले दुई तला भत्किएपछि नौ तलामा सीमित भएको थियो । नयाँ धरहरा अपांगमैत्रीसमेत हुने प्राधिकरणले जनाएको छ ।

धरहरा छिर्नेबित्तिकै आकर्षक बगैंचा आउनेछ । धरहरा परिसरमा लाइब्रेरी, रेस्टुरेन्टलगायतका सुविधा पनि हुनेछन् । धरहरा परिसरमा तीन तले पार्किङसमेत हुनेछ । पर्यटकका लागि अब बन्ने धरहरा काठमाडौंको महŒवपूर्ण गन्तव्य बन्ने विश्वास गरिएको छ ।

धरहरा ११ तलाको बन्ने

२०७२ सालको भूकम्पअघि नौ तला रहेको धरहरामा नयाँ बनाउँदा दुई तला थप हुने भएको छ । १९९० साल माघ २ गतेको भूकम्पअघि पनि धरहरा ११ तलाकै थियो ।

त्यो बेला भूकम्पले बार्दली भन्दा माथिको भाग दुई तला भत्किएपछि नौ तलामा पुनर्निर्माण गरिएको थियो । २०७२ सालको भूकम्पले धरहरा ढल्यो र ठुटो मात्र बाँकी रह्यो ।

अहिले प्राधिकरणले जीआईईटीसी रमन जेभीलाई धरहरा पुनर्निर्माणको जिम्मेवारी दिएको छ । कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा बनाउनेछ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरका अनुसार अहिले सुन्धारामा रहेको धरहराको ठुटोको झण्डै १०/११ मिटर पूर्वतिर छेवैमा नयाँ धरहरा बन्दैछ ।

दुई वर्षभित्रै बनिसक्ने

दुई वर्षभित्र धरहरा पुनर्निर्माणको काम सम्पन्न हुनेछ । तर कम्पनीले दुई वर्षलाई छोटो समय भन्दै आएको छ ।

 

प्राधिकरणले भने पुनर्निर्माणमा पाएको समयअवधि भित्रै धरहराको पुनर्निर्माण सक्नका लागि दुई वर्षको अवधि तोकेको हो ।

 

संम्बन्धित समचार

Leave a Reply