देशभरका रेडियोकर्मी महिला धादिङमा, रेडियोमा महिलाहरूको सवालमा छलफल हुने

Post Thumbnail

पौष ८, धादिङ । रेडियोमा महिलाहरूको सवालमा छलफल गर्न देशभरका रेडियोकर्मी महिला धादिङमा भेला भएका छन् । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को आयोजनामा आज र भोलि चल्ने भेलामा सामुदायिक प्रसारणमा महिला सहभागिताका बारेमा छलफल हुने छ ।

‘विविधता बहुलता र लैगिङ्क समानताः सामुदायिक प्रसारणमा महिला सहभागिता’ भन्ने नारासहित राष्ट्रिय परामर्श कार्यक्रम आजबाट धादिङको बैरेनीमा सुरु हुन लागेको हो । भेलामा देशभरका ३ सय ५० भन्दा बढी रेडियोका १ सयभन्दा धेरै रेडियोकर्मी सहभागि हुँदैछन् । कार्यक्रममा, रेडियोमा महिला सहभागिता र महिलाहरूको सवालमा रेडियोले उठाइरहेका बिषयमा छलफल हुने अकोराबका सचिब बन्दना दनुवारले जानकारी दिनुभयो ।

भेलामा महिला सहभागिताका विषयमा नेपालको सामुदायिक रेडियोमा हालसम्म भएको अभ्यास र आगामी दिनको रणनीतिको बारेमा पनि छलफल हुनेछ । दक्षिण एसियाका सामुदायिक रेडियोमा भइरहेको असल अभ्यास र नेपालले सिक्नुपर्ने बिषयमा पनि छलफल हुने सचिव दनुवारको भनाइ छ । भेलाको राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले उद्घाटन गर्नुहुनेछ । सिआईएनको साझेदारी

ताजा अपडेट

खोजी गर्नुहोस