‘घुम्टो उघारी तिम्रो’ दिपक लिम्बुको गीत सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ पौष ८, मंगलबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

पौष ८, काठमाण्डौँ । चर्चित गायक दिपक लिम्बुको स्वरमा सजिएको ‘घुम्टो उघारी तिम्रो’ बोलको गीतमा बेलायतका नेपाली कलाकारले दमदार प्रस्तुति दिएका छन् । बेलायतका विभिन्न रमणीय स्थानमा छाँयाकंन गरिएको गीतमा संचारकर्मी तथा कलाकारद्वय संजयभक्त कँडेल र डेब्यू मोडल रिना भन्डारीले रोमान्चक अभिनय गरेका छन् ।

प्रेमिल भावमा तयार भएको गीतको शब्द संगीत उत्तम जंग लिम्बुले गरेका छन् । प्रभु गुरुङले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोमा संजय र रिनाले रोमान्स–प्रेमिल भावमा आफूलाई प्रस्तुत गरेका छन् । दुईवटा अंग्रेजी र एउटा नेपाली गीतमा आफ्नो कला देखाइसकेका सजंयभक्तले यस गीतमा रिनासँग आकर्षक अभिनय गरेका छन् ।

इनाश यूके तथा नेपाल पत्रकार महासंघका यूकेका महासचिब समेत रहेका संजयभक्तले नेपाली गीतमा आफ्नो दोस्रो प्रयास भएको जानकारी दिए । भिडियोको एरेन्ज साहस शाक्यले गरेका छन् भने साजन साहले मिक्सिङमा सघाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस