छाउपढी जस्तो कुप्रथा रहनु मुलुकको लागी दुःखद् : दाहाल

Post Thumbnail

पौष ८, धादिङ । विविधता बहुलता र लैगिङ्क समानताः सामुदायिक प्रसारणमा महिला सहभागिता’ भन्ने नारासहित राष्ट्रिय परामर्श कार्यक्रम आजबाट धादिङको बैरेनीमा सुरु भएको छ । कार्यक्रममा, रेडियोमा महिला सहभागिता र महिलाहरूको सवालमा रेडियोले उठाइरहेका बिषय लगायत समग्र क्षेत्रमा रहेर छलफल भईरहेको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रियसभाका उपाध्यक्ष सशिकला दाहालले सामुदायिक रेडियोले महिला, बालबालिकाको पक्षमा अझै जोडदार रूपमा आवाज उठाउनु पर्ने बताइन् । उनले पुरुषबादी सोचले अझै समाजमा महिला उठ्न नसकीरहेको बताउँदै संविधानमा लेखिएको महिला अधिकार प्राप्तिमा सबै एक हुनपर्ने समेत बताइन् । महिला र पुरुषबीच श्रम, रोजगार ,बिबाह तथा अन्य सामाजिक चलनमा अझै विभेद नहटेको उनको भनाइ थियो । उनले २१ औं शताब्दीमा पनि छाउपढी जस्तो कुप्रथा रहनु मुलुकको लागी दुःखद् भएको उनको भनाइ थियो ।

यसैक्रममा अकोरावका अध्यक्ष सुबास खतिवडाले ७० भन्दा बढी भासामा समाचार प्रसारण भैइरहेको , समुदायको हरेक गतिविधिमा प्रत्येक्ष जोडिएर कार्यक्रम बनाईरहेको बताए । आजको दिनमा महिलाको मुद्दाहरु के-के उठाईरहेको छौँ , महिलाको पक्षमा सामुदायिक रेडियोले उठाउनुपर्ने एजेन्डा के-के हुन् भन्ने बिषयमा जोड दिन आग्रह समेत गरेका छन् ।

जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले भेलाले महत्त्वपूर्ण निकर्ष निकाल्न सफलताको शुभकामना दिए । उनले परिवर्तन आफैंबाट सुरु गर्नुपर्ने कुरामा जोड दिँदै आफुले आफ्नो सम्पत्ति काढेर बुहारीलाई दिएको यथार्थ पेश गर्दै अभियानको लागी अभियान नभई बास्तबिक रूपमा नै लाग्नु पर्ने बताए । महिलाले महिलालाई सहि व्यबहार गर्न सकिएमात्रै लैङ्गक समानता हुने उनको भनाई थियो ।

साथै धुनिबेसी नगरपालिका धादिङका प्रमुख बालकृष्ण आचार्यले सामुदायिक रेडियोले स्थानीय सरकारलाई सघाईरहेको बताउँदै सरकार र सामुदायिक रेडियोको सम्बन्ध नङ र मासुको जस्तै रहेको बताए । महिला तथा मानव अधिकारकर्मी लिलि थापाले महिला र पुरुषबीच अझै विभेद हुनु संविधानको बिपरित हुने बताईन् ।

भेलामा महिला सहभागिताका विषयमा नेपालको सामुदायिक रेडियोमा हालसम्म भएको अभ्यास र आगामी दिनको रणनीतिको बारेमा पनि छलफल हुनेछ । दक्षिण एसियाका सामुदायिक रेडियोमा भइरहेको असल अभ्यास र नेपालले सिक्नुपर्ने बिषयमा पनि छलफल हुने  छ । कार्यक्रममा गल्छी गाउँपालिका प्रमुख कृष्णहरि श्रेष्ठ, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छ्त्कुली लगायत देशभरका महिला रेडियोकर्मीको उपस्थिति रहेको छ । भेला आज र भोलि २ दिन चल्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस