नेपाल दुरसन्चारले ४५ प्रतिशतका दरले नगद लाभांश बाढ्ने

  • अनलाइन केन्द्र
  • / प्रवास /
  • २०७६ पौष ८, मंगलबार (५ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

पौष ८, काठमाण्डौँ । नेपाल दुरसन्चार कम्पनी लिमिटेडले ४५ प्रतिशतका दरले नगद लाभांश बाढ्ने भएको छ । कम्पनीको सोमबार बसेको सन्चालक समितिको ८ सय ४१औं बैठकले आगामी वार्षिक साधारण सभामा ४५ प्रतिशत लाभांस दिने प्रस्ताव गर्ने निर्णय गरेको हो ।

गत वर्ष ५५ प्रतिशत लाभांस दिएको कम्पनीले यो वर्ष १० प्रतिशतले लाभांस कम गरेको छ । पछिल्लो केही वर्षदेखि नेपालका टेलिकम कम्पनीहरुको आय घटिरहेकाले लाभांस पनि कम भएको हो । कम्पनीले पुस २९ मा १२औं साधारण सभा पनि बोलाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस