धरहरा पुनःनिर्माण : ३३ प्रतिशत सकियो

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७६ पौष ९, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष ९, काठमाण्डौँ । धरहरा पुनःनिर्माणको ३३ प्रतिशत काम सकिएको छ । पुनःनिर्माण प्राधिकरणले मंगलबार धरहराको अवलोकन भ्रमणपश्चात् अबको एक वर्षभित्रै सक्ने दाबीसमेत गरेको हो । करिब २९ रोपनी जग्गामा फैलने धरहरा परिसरमा म्यूजियम, लाइब्रेरी, आकर्षक बगैंचाको साथै पार्किङस्थलसमेत बन्न लागेको हो ।

अबको एक वर्षभित्रै धरहरा पुनःनिर्माण सक्ने पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । विनाशकारी भूकम्पपछि लामो समयसम्म बन्न नसकेको धरहरा गत वर्ष पुस महिनाबाट पुनःनिर्माणको काम सुरु भएको थियो । सो पुनःनिर्माणको काम तीव्रगतिमा भइरहेको जनाइएको छ ।

अत्याधुनिक डिजाइनसहित २२ तलाको बन्ने धरहराको अहिले तेस्रो तला बनिसकेको छ भने चौथो तलाको काम भर्खरै सुरु भएको हो । प्राधिकरणले पुनःनिर्माणको ठेक्का रमन कन्सट्रक्सन जेभीलाई दिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस