अत : उपेन्द्रले सत्ता छाडे, सरकारले दुईतिहाइ गुमायो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष ९, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष ९, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारबाट समाजवादी पार्टी बाहिरिएको छ । समाजवादीको सत्ता बहिर्गमनसँगै संसद्‌मा दुईतिहाइ समर्थन रहेको केपी ओली नेतृत्वको सरकार सामान्य बहुमतमा झरेको छ । दुईतिहाइ पुग्न एक सय ८४ जना सांसदको समर्थन आवश्यक पर्छ । प्रतिनिधिसभामा नेकपाका एक सय ७४ र समाजवादी पार्टीका १७ जना सांसद छन् ।

संविधान संशोधनसहित दुईबुँदे सहमति गरेर सरकारमा सहभागी भए पनि त्यसमा नेकपा तयार नभएको भन्दै समाजवादी पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्रीबाट राजीनामा गरेका छन्। उनीसँगै सो दलबाट सरकारमा सहभागी मन्त्री इस्तियाक राइले पनि राजीनामा गरेका छन् ।

उपप्रधानसहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका यादवलाई मंसिर ४ गते प्रधानमन्त्रीले कानुन मन्त्रालयमा सरुवा गरेका थिए। त्यसबाट असन्तुष्ट यादले सोमबारको मन्त्रीपरिषद बैठकमा संविधान संशोधनको प्रस्ताव लगेका थिए। प्रस्ताव सुनेर प्रधानमन्त्री आक्रोशित भएका थिए ।

त्यसपछि केही नबोली बैठकबाट फर्केका यादवले मंगलबार संसदीय दलको बैठक राखेर सरकारबाट बाहिरिने निर्णय लिए । लगत्तै यादवले आफ्ना सहयोगी महेश चौरसिया मार्फत प्रधानमन्त्री ओलीसमक्ष राजीनामापत्र बुझाएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस