रामकृष्ण ढकालले पत्नी निलम शाहसँग सम्बन्ध बिच्छेद गरे, गायक ढकाल पछिल्लो समय ऋणमा डुबेका छन् !

Post Thumbnail

पौष ९, काठमाण्डौँ । लोकप्रीय गायक रामकृष्ण ढकालले पत्नी निलम शाह ढकालसँग सम्बन्ध बिच्छेद गरेका छन् । उनीहरुबीच बुधबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेद भएको हो । ढकाल दम्पत्तिले मंगलबार जिल्ला अदालत काठमाडौंमा सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गराएका थिए । दुवैको सहमति बमोजिम सम्बन्ध बिच्छेद भएको जनाइएको छ । जिल्ला अदालत काठमाडौंले सम्बन्ध बिच्छेदको पुष्टि गरेको छ ।

रामकृष्ण र निलमबीच एक दशकअघि प्रेम विवाह भएको थियो । उनीहरुबीच लामो समययता पारिवारिक किचलो रहेको चर्चा चल्दै आएको थियो । गायक ढकाल पछिल्लो समय ऋणमा डुबेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस