धादिङबाट १३औं सागमा सहभागी खेलाडीहरुलाई सम्मान गरिने,धादिङबाट ११ जना खेलाडी सहभागी !

Post Thumbnail

पौष ९, धादिङ । धादिङबाट १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी भएका खेलाडीहरुलाई सम्मान गरिने भएको छ । सम्मान कार्यक्रम धादिङ सदरमुकाम धादिङबेसीमा पुस ११ गते  सम्मान गरिने राष्ट्रिय तेक्वान्दो संघ धादिङका अध्यक्ष अमृत तामाङले बताए ।

धादिङमा रहेका विभिन्न संघ संस्थाहरुको आयोजनामा हुन गईरहेको सम्मानमा राष्ट्रिय तेक्वान्दो संघ धादिङको जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता पनि उद्घाटन हुने भएको छ । सागमा सहभागी खेलाडी सम्मान तथा जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता समेत उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले गर्ने छन् । खेलाडी सहितको र्याली पनि गरिने भएको छ । धादिङबाट १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ११ जना खेलाडी विभिन्न खेलकुद विधामा सहभागी भएका थिए ।

धादिङबाट सागमा सहभागी खेलाडीहरु

स्वर्ण पदक विजेता
१, सन्तोषी श्रेष्ठ, १० हजार मिटर दौडमा, ज्वालामुखी गाउँपालिका
२, सोनी गुरुङ, ट्रायथोलनमा सिद्धलेक गाउँपालिका
३, सञ्जिला तिमल्सिना, पुन्से (१७ देखि २३ वर्षको उमेर समुहमा), त्रिपुरासुन्दरी गाउँपालिका

रजत पदक विजेता
१, आशिष दुवाडी, बक्सिङ (९१ केजी तौल समुह सुपर हेभी), ज्वालामुखि गाउँपालिका
२, गणेश प्रधान, बक्सिङ (८१ केजी तौल समुह लाईट हेभी), नेत्रावती डब्जोङ गाउँपालिका
३, लक्ष्मण मल्ल, ट्रायथोलन अन्तरगत दुवाथोलन, गल्छी गाउँपालिका

कास्य पदक विजेता
१, दिपक अधिकारी, १० हजार मिटर दौडमा, गंगाजमुना गाउँपालिका
२, हरि रिमाल, ५ हजार मिटर दौडमा, गंगाजमुना गाउँपालिका
३, पवन श्रेष्ठ, जुडो तर्फ त्रिपुरासुन्दरी गाउँपालिका

सहभागी
१, दिपक श्रेष्ठ, बक्सिङ, गंगाजमुना गाउँपालिका
२, शरण सामरी, भलिबल, ज्वालामुखी गाउँपालिका

ताजा अपडेट

खोजी गर्नुहोस