कान्ति लोकपथको निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सकिने

Post Thumbnail

पुस १०, काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँ र प्रदेश ३ को राजधानी हेटौँडा जोड्ने छोटो सडकका रूपमा रहेको कान्ति लोकपथको निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने भएको छ । कुल लम्बाइ ७९ किलोमिटरमध्ये अहिलेसम्म ४५ किलोमिटर कालोपत्रे भइसकेको र चालू आर्थिक वर्षभित्र थप २९ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेको कान्ति लोकपथ सडक योजनाले जनाएको छ । सो सडक योजनाका अनुसार बाँकी रहेको पाँच किलोमिटरको कालोपत्रे तथा ‘रिटेनिङ वाल’ निर्माण लगायतका काम अर्को आर्थिक वर्षमा गरिने छ ।

आगामी आर्थिक वर्षमा कालोपत्रे गर्ने भनिएका पाँच किलोमिटरमध्ये अधिकांश ठाउँ भूगर्भिक दृष्टिकोणले अति नै कमजोर र पहिरोग्रस्त क्षेत्र रहेको हुनाले कालोपत्रे गर्न त्यति सहज नरहेको उनले स्पष्ट पारे । यस वर्षको वर्षायाममा यस सडकको ३० ठाउँमा पहिरो गएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस