धादिङ थाक्रेमा पुरुषको शब जलेको अवस्थामा भेटियो, प्रहरीले अनुसन्धान गर्दै

पौष १०, धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २ मा शव जलेको अबस्थामा भेटिएको छ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २ घलेगाउँको गणेशथान नजिकको जंगलमा शव जलेको अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । गत मँसिर २४ गते साँझबाट सम्पर्क बिहिन भएका बर्ष २१ का शरण कार्की र सरस्वति कार्कीका छोरा सन्तोष कार्कीको शव जलेको अबस्थामा भेटिएको हो ।

शव जलेको अबस्थामा भेटिएपछि अन्य कसैले जलाएको हो या कसरी यस्तो घटना हुन गयो भनेर अनुसन्धान जारी रहेको गजुरी प्रहरीले जनाएको छ । यस्तो जानकारी दिन नमिल्ने भन्दै जिल्ला प्रहरी कार्यालय धादिङ पन्छिएको छ । शव जलेको नभई मृत भेटिएको जानकारी धादिङ प्रहरीको सञ्चार शाखाले दिएको छ । छोराको कोहिसँग पनि दुष्मनी नरहेको मृतकको बुवा शरण कार्की बताउँछन् ।

संम्बन्धित समचार

Leave a Reply