ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ हजार जरिवानाको प्रस्ताव गर्दैछौ : महानिर्देशक हमाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष १०, बिहिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष १०, काठमाण्डौँ । सरकारले सवारी नियम उल्लंघन गर्नेमाथि हुने जरिवाना रकम अझै बढाउन प्रस्ताव गरेको छ । यातायात व्यवस्था विभागले तयार गरेको नयाँ यातायात व्यवस्था ऐनको प्रारम्भिक मस्यौदामा चर्को जरिवानाको प्रस्ताव गरिएको हो ।

हाल सवारी नियम मिच्नेलाई न्युनतम ५ सय र अधिकतम ५ हजार जरिवाना गराउने प्रावधान छ । अब आउने ऐनले यसलाई बढाउने विभागका महानिर्देशक गगनबहादुर हमालले बताए ।

विभागले संघीय सवारी तथा यातायात व्यवस्था ऐनको सन्दर्भमा सातै प्रदेशका मन्त्रालयका सचिव र विभागीय मन्त्रीहरूसँग यही पुस १३ र १४ गते काठमाडौंमा छलफल गर्दैछ ।

यातायात विभागका महानिर्देशक  हमालल भन्छन्, ‘ऐनको मस्यौदामा हामीले ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ हजार जरिवानाको प्रस्ताव गर्दैछौ,’ उनले भने ‘अहिले जरिवाना थोरै भएर लापरबाही बढीरहेको छ । त्यसकारण जरिवाना बढाउन लागेका हौं ।’ जरिवाना बढाउँदा सवारी नियम उल्लंघनमा कमि आउने उहाँको दावी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस