गुर्जुधारामा ठक्कर दिएर फरार चालक भेटिए

Post Thumbnail

पौष १०, काठमाण्डौँ । काठमाण्डौँको चन्द्रागिरी नगरपालिकास्थित गुर्जुधारामा पर्वत ठुलेपोखरी गाउँपालिका–४ स्थायी घर भएका अर्जुन कुमार केसीलाई ठक्कर दिने गाडी र चालक २ दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त थानकोटाका डीएसपी घनश्याम श्रेष्ठका अनुसार गाडी चालक रविन पौडेल र ना ८ ख ३४२४ नम्बरको ट्रक प्रहरीले ललितपुरको चापागाउँबाट नियन्त्रणमा लिएको हो ।

इट्टा लोड गरेको गाडी लिएर पौडेल ललितपुरको चापागाउँ जाँदै थिए । घटना मङ्गलबार बिहान ५ः३० बजे भएको थियो ।
प्रदेश ३–०२००९ प ७६२१ को साइन मोटसाइकलमा छोरालाई स्कुल पुर्याउन गएका बेला गाडीले ठक्कर दिँदा केसीको घटनास्थलमै मृत्यु भएको थियो । केसीका छोरालाई भने सामान्य चोट लागेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस