को बन्ला नयाँ कानुनमन्त्री ? ढकाल र पोखरेलको नाममा चर्चा सुरु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ श्रावण ९, बुधबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन ९,काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको राजीनामासँगै नयाँ मन्त्रीको चर्चा सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टीले यसबारे औपचारिक निर्णय गरिसकेको छैन ।

तर नेताहरुबीच भानुभक्त ढकाल र कृष्णभक्त पोखरेलमध्ये एक जनालाई मन्त्री बनाउने विषयमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार भरे, भोलि नै दुई जनामध्ये एकको बारेमा निर्णय गरेर शपथ खुवाउने तयारी छ ।

तत्कालीन एमालेका नेता ढकाल मोरङ क्षेत्र नम्बर ३ र पोखरेल चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन । विवादस्पद अभिव्यक्ति दिएको भन्दै आलोचना भएपछि तामाङले मंगलबार पदबाट राजीनामा दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस