पौष १०, काठमाण्डौँ । पुनर्निर्माणमा तीन खर्ब ३५ अर्ब रुपैयाँ खर्च भएको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार खर्च भएको तीन खर्ब ३५ अर्ब रुपैयाँमध्ये सरकार र दातृ निकायले दुई खर्ब ९३ रुपैयाँ र गैरसरकारी संस्थाले ४२ अर्ब रुपैयाँ पुनर्निर्माणको क्षेत्रमा खर्च गरेका छन् ।
प्राधिकरण स्थापना भएको ४ बर्ष पुगेको अवसरमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणका बाँकी काम सक्न अझै ३ खर्ब रुपैयाँ आवश्यक पर्ने जानकारी दिनुभयो । उहाँले यस आर्थिक वर्षको लागि ३४ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गर्न बाँकी रहेको पनि बताउनुभयो ।