पौष १०, काठमाण्डौँ । ‘चपली हाइट’ मा अभिनय गरेर चर्चामा आएकी नायिका विनिता बराल आमा बनेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत छोरीलाई जन्म दिएको बताएकी छिन् ।
छोरीको नाम काया राखिएको छ । विनिताका पति तिलक पौडेलले पनि सामाजिक सञ्जालमार्फत छोरीसँगको तस्वीर शेयर गरेका छन् । केही समयअघि विनिताले तस्वीर शेयर गर्दै आफू आमा बन्न लागेको बताएकी थिइन् ।