ब्रेकिङ : फोहोर बोकेर ओखरपौवा जाँदै गरेको ट्रक दुर्घटना, दुईको मृत्यु

Post Thumbnail

पौष ११, काठमाण्डौँ । काठमाडौं बाट फोहोर बोकेर नुवाकोट ओखरपौवा जाँदै गरेको ट्रक दुर्घटना भएको छ । काठमाण्डौको तारकेश्वर नगरपालिका जितपुर स्थित कोट गाउँमा ट्रक पल्टिएको हो । फोहोर लिएर जाँदै गरेको ट्रक नुवाकोट र काठमाण्डौको सिमानामा दुर्घटना भएको जनाईएको छ । घटना स्थलमा दुईको ज्यान गएको समेत प्रहरीले बताएको छ ।

ना २ क ३३८ नम्बरको ट्रक पल्टिदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा माईला तामाङ र सहचालक कमल तामाङ रहेका छन् । अत्यधिक गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । ट्रक करिव ५० मिटर तल खसेको थियो । यस बारे थप अनुसन्धान भईरहेको समेत प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस