बूढीगण्डकी जलविद्युत् आयोजना : मुआब्जामै २७ अर्ब

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ पौष ११, शुक्रबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पौष ११, काठमाण्डौँ । बहुचर्चित जलाशययुक्त बूढीगण्डकी आयोजनाको प्रभावितका लागि सरकारले मुआब्जा वितरणमा मात्रै हालसम्म २७ अर्ब रुपैयाँ भन्दा बढी खर्च गरेको छ । अहिलेसम्म कुन मोडेलमा कसले निर्माण गर्ने टुंगोमा पुग्न बाँकी भए पनि मुआब्जा वितरणमा २७ अर्ब तीन करोड रुपैयाँ खर्च भइसकेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । बूढीगण्डकी सरोकार समितिका अनुसार अब केही करोड रुपैयाँ मुआव्जा वितरणको काम मात्रै बाँकी छ ।

धेरै क्षेत्रमा मुआव्जा वितरणको काम सकिएको छ, ६८ करोड रुपैयाँमा वितरण गर्दा यो काम सकिन्छु, सरोकार समितिका अध्यक्ष दिनेश ढकालले भने, गोरखाको आरुघाट क्षेत्रमा मुआव्जा र अन्य सबै क्षेत्रमा घर-गोठ, बोट-विरुवाको रकम दिन बाँकी छ । सरकारले पछिल्लो पटक आरूघाट क्षेत्रको मुआब्जा तोकेपछि आन्दोलित बजार क्षेत्रका स्थानीयसँग वार्ताबाट समधान गर्ने प्रयास भएको छ ।

केही दिनमै समस्या समधान हुने अपेक्षामा रहेको उनले जनाएका छन् । सरकारले आरुघाट क्षेत्रमा न्यूनतम् सात लाख रुपैयाँ मूल्य निर्धारण गरेको छ । त्यसलाई साढे १० लाख रुपैयाँ र त्यही दरमा माथिको मूल्य तोकिनु पर्ने माग स्थानीयले गरेका छन्। यो विषय गृहमन्त्रालयबाट टुंग्याउने प्रयास भएको जनाइएको छ ।

ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेले पनि वार्ताबाट समस्या समधान गरी केही महिनाभित्रै मुआव्जा वितरण सक्‍ने जानकारी दिएका छन्। सरकारले चालु आर्थिक वर्षका लागि यो परियोजनामा १३ अर्ब ५७ करोड ५६ लाख रुपैयाँ बिनियोजन गरेको थियो। तर चार महिनामा २.६ प्रतिशत मात्रै खर्च भएको छ । मंसिरमा मात्रै करिब साढे १८ करोड खर्च भएपछि खर्च प्रतिशत चार पुगेको छ । चालु आर्थिक वर्षमा ५३ करोड ५७ लाख रुपैयाँ मुआव्जा वितरण भइसकेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस