गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन पार्टी र सरकारको पुर्ण साथ रहन्छ : अध्यक्ष प्रचण्ड

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ पौष ११, शुक्रबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पौष ११, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहल (प्रचण्ड) ले शुक्रबार भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय किक्रेट रंगशालाको स्थलगत निरिक्षण गरेका छन् । स्थलगत अवलोकन पछि अध्यक्ष प्रचण्डले रंगशाला निर्माणको कामले गति लिएकोले यसलाइ समयमै र गुणस्तरिय निर्माण गर्न धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाइ आग्रह गरेका छन् ।

‘यो राष्टिय गौरवको आयोजना हो, यसलाइ सफल बनाउन सम्पूर्ण नेपालीको दायित्व हो’–अध्यक्ष प्रचण्डले भने –‘यो निर्माणको लागि पार्टी र सरकारको तर्फबाट पूर्ण सहयोग रहनेछ ।’ उनले रंगशालाको काम के कस्तो भईरहेको होला, कसरी अगाडी बढिरहेको होला भन्ने आफुलाई खुल्दुली लागेकाले पनि आज आयोजना निर्माण स्थलमै पुगेर निर्माण प्रगति अवलोकन गर्दा खुसी लागेको बताए ।

अध्यक्ष प्रचण्डले रंगशाला निर्माणका लागि ७७ वटै जिल्लामा सहयोग समिती गठन गरेर अगाडी बढ्न कट्टेललाइ आग्रह गरेका छन् । ‘यो राष्ट्रको आयोजना हो, यसमा हामी सबैसंगै छौं’–उनले भने–‘ निर्माणमा आफ्नो पार्टी र सरकारको तर्फबाट सबै प्रकारको सहयोग हुने पुनः प्रतिबद्धता ब्यक्त गर्दछु ।’ ‘तपाईहरू निर्माण कार्यलाइ गुणस्तरिय र पारदर्सी ढंगले काम गर्दै जानुहोस्, यसको निर्माण सम्पन्न हुन्छ र बन्छ’–पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले थपे । आयोजना निर्माणमा चितवनबासीको सबैभन्दा बढी अपनत्व हुनुपर्ने बताउदै उनले सबैलाइ सकेको सहयोग मन फुकाएर गर्न आग्रह गरेका छन् । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले निर्माण कार्यमा भएका प्रगति र गुरूयोजनाका बारे अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस