राजपा र काङ्ग्रेससंग कुनै सहकार्य सम्भव छैन : समाजबादी पार्टी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष ११, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष ११, काठमाण्डौँ । समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का शीर्ष नेताहरूबीच भएको भेटघाटलाई अन्यथा अर्थ लाग्ने गरेर प्रचार प्रसार गरिएको भन्दै समाजवादी पार्टीले आपत्ति जनाएको छ । ‘मंसिर २६ गते बिहान ८ बजे सिनामंगलस्थित राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो निवासमा समाजवादी पार्टी र राजपावीच एकीकरण गर्न वार्ताका लागि डा बाबुराम भट्टराई र उपेन्द्र यादवलाई बोलाएकोले उहाँहरू जानुभएको थियो’, समाजवादी पार्टीले भनेको छ, ‘बैठकमा राजपाका तर्फबाट राजेन्द्र महतो मात्र उपस्थित थिए ।’

‘भेटघाटमा पार्टी एकीकरणका सम्बन्धमा उत्साहपूर्ण वार्ता भएको थियो । पार्टी एकीकरण गर्नका लागि धेरै विषयहरूमा सहमत भई केही सानातिना र प्राविधिक कुरा पछि मिलाउने कुरा भएको थियो’, समाजवादी पार्टीले भनेको छ ।
समाजवादी पार्टीले सो भेटवार्ताका क्रममा राष्ट्रिय सभाको निर्वाचनका सम्बन्धमा कुनै छलफल नभएको जनाएको छ ।
‘राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नेपाली कांग्रेस, समाजवादी पार्टी र राजपाको संयुक्त रुपमा सहकार्य गर्ने प्रस्ताव गरेको र सो प्रस्ताव समाजवादी पार्टीले अस्वीकार गरेकोले नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग राजपाले चुनावी एकता गरेको हो भन्ने छलफल नै नभएको विषयलाई संचार माध्यमद्वारा बारम्बार प्रचार प्रसार गरी राजपाका अन्य नेता तथा कार्यकर्ता र जनतामा समेत भ्रम फैलने गरी बद्नीयतपूर्ण ढंगले झुठो, भ्रमपूर्ण मनगढन्ते र कपोकल्पित प्रचार गरेको कुरा थाहा हुन आएको छ’, समाजवादी पार्टीले भनेको छ ।

‘अतः हूँदै नभएको कुरालाई यसरी बारम्बार बोल्नु, प्रचार प्रसार गर्नु अत्यन्त गलत र विद्वेषपूर्ण अभिव्यक्ति दिनु गलत राजनीतिक कार्य भएकाले यस्तो भ्रमात्मक प्रचारमा विश्वास नगर्नु हुन सबैमा अनुरोध छ’, समाजवादी पार्टीद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस