ए डिभिजन लिगमा पुलिसको पहिलो जित

पौष ११, काठमाण्डौँ । नेपाल पुलिस क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ । डिफेण्डर रविन श्रेष्ठले लिगमा पुनरागमन गर्दै कप्तानी सम्हालेको खेलमा विभागीय टोली पुलिसले सरस्वती युथ क्लबलाई २-० ले पराजित गरेको हो । चोटका कारण गत सिजन नखेलेका रविनले यो सिजनको पनि सुरुको दुई खेल खेलेनन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसका लागि सुमन लामाले ४६ औं मिनेटमा र भोला सिलवालले ७९ औं मिनेटमा गोल गरे ।

पहिलो हाफको अन्तिम समयमा पुलिसका अन्जन राई दोहोरो पहेँलो कार्ड खादै मैदान बाहिरिएपछि पुलिसले दोस्रो हाफमा १० खेलाडीमा सीमित भएको थियो । दोस्रो हाफको सुरुदेखि आक्रामक खेलेको पुलिसका लागि ४६ औं मिनेटमा सुमन लामाले रवि पासवानको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । जारी लिगमा पुलिसको यो पहिलो गोल हो ।

संम्बन्धित समचार

Leave a Reply