सुमो दुर्घटनामा मृतकको संख्या पाँच पुग्यो (नामावली सहित)

पुस ११,मकवानपुर । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ मा शुक्रबार दिउँसो भएको सुमो दुर्घटनामा मृतकको संख्या पुगेको छ । हेटौँडा–सिस्नेरी–काठमाडौँ सडक खण्डको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ स्थित ओखरडाँडामा रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज ३४३३ नम्बर सुमो दुर्घटना भएको हो । दुर्घटनामा परी तीन जनाको घटना स्थलमानै मृत्यु भएको थियो । घटनास्थलमा मृत्यु हुनेमा सिन्धुली जिल्ला दुधौली नगरपालिका ८ का ५८ वर्षीय नेत्रमान रुसाल (भुजेल), भुजेलका पत्नी ५२ वर्षीया भक्तकुमारी रुसाल र रौतहट जिल्ला चन्द्रपुर नगरपालिका ९ का केदार तिमल्सिना रहेका छन् ।

सुमो सञ्चालक र चालकको लापर्वाहीका कारण उनीहरुसबैको घटना भएको सात घण्टापछिमात्र सनाखत भएको हो । यस्तैमा दुर्घटनामा परी गम्भीर घाइते भएका रौतहटको चन्द्रपुर नगरपालिका ९ का २१ वर्षीय मनिष विकको काठमाडौँको मनमोहन अस्पतालमा र सोही स्थानका २० वर्षीया सिर्जना विकको वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी सुमोमा सवार चार जना यात्रु घाइते भएका थिए । घाइते हुनेमा सुमोका चालक हेटौँडा उपमहानगरपालिका १७ का २८ वर्षीय अनिल विक, सर्लाही जिल्ला बागमती नगरपालिका ३ का २७ वर्षीय रन्जित रिजाल, रौतहट जिल्ला माधवनारायण नगरपालिका ५ का ५२ वर्षीय जय साह र रौतहटकै गरुडा नगरपालिका ५ का ३० वर्षीय नन्दकिशोर साह छन् ।

सुमो चालक विक र नन्दकिशोर साहको मेडिसिटी अस्पतालमा तथा जैसा साह र रिजालको वयोधा अस्पतालमा उपचार भइरहेको छ ।

सुमो अनियन्त्रित भई सडकबाट दुई मिटर तल खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले जानकारी दिए । मृतकको शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौँमा लगिएको छ ।

संम्बन्धित समचार

Leave a Reply