भ्रमण वर्ष २०२० को तयारी अन्तिम : प्रदेश ३ का मन्त्री अरुण नेपाल

Post Thumbnail

पौष १२, मकवानपुर । प्रदेश ३ सरकारले नेपाल भ्रमण वर्ष २०२० को स्वागतलाई भब्यता रुपमा सम्पन्न गर्नेगरि योजना निर्माण गरेको छ । प्रदेश तीनको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि पर्यटन वर्ष २०२० को स्वागतको लागि बनाईएको योजनाको विषयमा जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै प्रदेश नंबर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले भ्रमण वर्षलाई स्वागत गर्न आफुहरु तयार रहेको बताए ।

मन्त्रालयले पनि भ्रमण वर्षको पहिलो दिन अर्थात जनवरी १ मा हुने सबै कार्यक्रमहरुको अन्तिम तयारी गरिसकेको बताउँदै उनले जनवरी १ मा प्रदेश तीनमा रहेको विदेशी नाका, विमानस्थल क्षेत्रबाट प्रवेश गर्ने पर्यटकलाई स्वागत गर्ने, प्रदेश तीनको प्रमुख पर्यटकीय गन्तब्यको रुपमा रहेको चितवनमा हात्ति वाक तथा हात्ति सुन्दरी प्रतियोगिता गर्ने, काठमाण्डौँको ठमेलमा सास्कृतिक कार्यक्रम सहितको १३ जिल्लामानै विभिन्न कार्यक्रम गर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस