पौष १२, मकवानपुर । प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडामा सडक खाना महोत्सव शुक्रबारबाट सुरु भएको छ ।
अँग्रेजी नयाँ वर्ष २०२० को अवसरमा तिन दिन सञ्चालन हुने खाना महोत्सव उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणकुमार नेपालले महोत्सवको उद्घाटन गरेका थिए ।
हेटौंडाको खेल मैदान हुप्रचौरको पूर्वी सडकमा खाना महोत्सव भइरहेको हो । ‘सडकमै जाऔं सडकमै खायौं र सडकमै रमाउँ’ भन्ने मुल नाराका साथ मकवानपुर होटल एसोशियसनको आयोजनामा विगत १० वर्ष देखि खाना महोत्सव हुदै आइरहेको छ ।