सलमानको आज जन्मदिन, ५४ वर्ष पुगे

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ पौष १२, शनिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पौष १२, काठमाण्डौँ । बलिउडका सुपरस्टार सलमान खान ५४ वर्ष पुगेका छन् । सन् १९६५ डिसेम्बर २७ मा जन्मिएका खानले सयौं चलचित्रमा अभिनय गरेका छन् । फिल्मी करिअरको सुरुआतदेखि नै हिट फिल्म दिएका खानको पछिल्लो चलचित्र ‘दबंग–३’ अहिले प्रदर्शनमा छ ।

हरेक वर्ष पर्नबेलस्थित फार्म हाउसमा जन्मदिन मनाउँदै आएका खानले यसपालि भने मुम्बईको पाली हिलस्थित भाइ सोहेल खानको निवासमा ५४औं जन्मदिन मनाए । जन्मदिनको उपलक्ष्यमा उनका साथी, फ्यान, आफन्त र शुभेच्छुकले शुभकामना दिइरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस