पौष १२, काठमाण्डौँ । त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा डा पेशल दाहाल नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाललाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् ।
नवनियुक्त रजिष्ट्रारले दाहालले शुक्रबार नै पदबहाली गरिसकेका छन् । त्रिवि ऐन २०४९ को दफा २० को उपदफा ३ बमोजिमको रजिष्ट्रारको पदावधि ४ वर्ष रहने व्यवस्था छ ।