काठमाडौंमा फोहोर गर्नेलाई कारबाही हुने

पौष १२, काठमाण्डौँ । काठमाडौं महानगरपालिकाले विभिन्न ठाउँमा राखिएको होर्डिङ बोर्ड हटाउन सुरु गरेको छ । महानगरले शुक्रबारदेखि नगर प्रहरी परिचालन गरेर होर्डिङ हटाउन थालेको हो । शुक्रबार माइतीघर, बिजुलीबजार, नयाँबानेश्वर, तीनकुने, सोह्रखुट्टे लगायतको क्षेत्रका होर्डिङ बोर्ड हटाइएको महानगर प्रहरी शाखाका प्रमुख धनपति सापकोटाले जानकारी दिए ।

भित्तेलेखनलगायत सहरी दृश्यमा प्रदूषण हुने गरी प्रचार सामग्री हटाउने कामलाई महानगरले तीव्रताको साथ काम गरिरहेको उनले बताए । कम्तीमा तीन वटा टोली बनाएर महानगरभरी नै परिचालन गर्ने भएको छ ।

संम्बन्धित समचार

Leave a Reply