कविता : पर्खिरहेका हुन्छन आमाहरु !

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७६ पौष १२, शनिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जाडोले कठा़ङ्ग्रीएका लेकका धुपिहरु जस्तै
यतिबिघ्न जाडोमा चाउरिएका अनुहारमा सयौ रेखाहरु बोकेर
सुनसान घरको पिडिमा एकोहोरो टोलाईरहने
ती एक्ली बुढी मान्छे कसकी आमा होला !

छेऊमा गएर सोध्छु,
‘आमा जाडो भएको छैन ? ’
कति पातला छन् तिम्रा जीउका कपडाहरु
जीउभरी काँडा उम्रिएका छन्
हिऊ जस्तै चिसा छन् तिम्रा हात खुट्टाहरु ।

सतिसाल झैँ ठिङ्ग उभिएर भन्छिन
अचेल त मलाई जाडो हुन छोडेको छ बाबु !
एक एक पत्रहरु झिक्दै मैले
मेरो प्यारो सृष्टिको आङ्ग ढाकिदिएको छु
त्रसित हुन्छु कतै मैले जाडो महशुस गरेर
मेरो आङ्गमा न्याना पत्रहरु थप्दा
मेरो उसलाई जाडो पो हुने हो कि ?
म त हिउँद, बर्खा, घाम, पानी
सबै सहन, निल्न सक्ने
बेसहारा डाँडापारीको जुन न हुँ !

म सोध्छु,
‘आमा घरी घरी मात्रै किन मुस्कुराउछौ ?’
हँसिलो भएर भन्छिन
जव मैले सिङ्गै सृष्टिलाई गर्वमा हुर्काए
पहिलोचोटी ऊ चल्दा मलाई लाग्थ्यो
आफ्नी प्यारी आमाको अनुहार हेर्न
हतार गरिरहेको छ बाहिर निस्कन !
विकसित नभएका कोमल खुट्टाहरुले
प्याट्ट प्याट्ट मेरो पेटमा हिर्काउदा
यो ब्रम्हाण्डमा कतै नभएको
खुशी र सुखको अनुभूती गरेकी थिए
यस्तै सम्झिन्छु
र चाउरिएका यी छालाहरु
अनयास घरी(घरी त्यसै फैलिन्छन !

जिज्ञासु हुँदै सोध्छु,
पर(पर हेर्दै किन टोलाउछौ आमारु
विगत सम्झिदै भन्छिन
जव ऊ लट्ठ जवान भयो
म जस्तै एउटा आफ्नो संसार बोकेर
यो वारीको कान्लैकान्ला हुँदै वेपत्ता भएको छ
शायद फेरी ऊ
अर्को नयाँ सृष्टिको खोजीमा गएको होला
अव त उसकी संसारले पनि गर्वधारण गर्दै
पुनः अर्को सृष्टिको सिर्जना गरिसकी होला
कल्पिन्छु उसको स्वरूप मेरै जस्तो पो छ किरु
अथवा मैले जन्माएको सृष्टिको जस्तैरु
मेरो आफ्नै यी मुटुका टुक्राहरुको
विघ्नै माया लागेर आउँछ
र, टोलाउछु, भक्कानिन्छु बाबु !

सशंकित हुँदै सोध्छु,
‘आमा ऊ फर्केर आउँछरु’
मनभरी पहाडको जस्तो विश्वास बोकेर भन्छिन
ऊ फर्केर आउँछ बाबु !
उसले यो संसारको रित बुझ्ने छ
यो पुरै ब्रम्हाण्ड अधिक चिसो मात्र छैन
निरन्तर घुमिरहेको पनि छ
घुम्दा घुम्दै यसरी सबैले
एकदिन आफु उभिएको धरातलमा आईपुग्नैपर्छ
उसले पनि थाहा पाउनेछ
आमाको काखभन्दा सुरक्षित र न्यानो ठाउँ अन्त हुँदैन
एकदिन फेरी मेरो छातीमा टाँसिन आईपुग्नेछ
अनि, भन्ने छ
‘आमा मलाई फेरी तिम्रै गर्वभित्र राखन !

सायद सबैका आमाहरु
पर्खेर बसिरहेका हुन्छन होला यसरी नै
सम्झिन्छु कहिले फर्केर आउछन होला
आमाका काख भर्न
उडेर गएका ती सृष्टिहरुरु

लेखक-सुनील बाबु श्रेष्ठ
साहित्य सँग्रहालयबाट साभार

ताजा अपडेट

खोजी गर्नुहोस