बालबालिका इन्टरनेटको असुरक्षित प्रयोगमा फस्दै

  • अनलाइन केन्द्र
  • / प्रवास /
  • २०७६ पौष १३, आईतबार (५ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

पौष १३, काठमाण्डौँ । बालबालिका इन्टरनेटको असुरक्षित प्रयोगमा फस्दै गएको एक अध्ययनले देखाएको छ । बालबालिकाको अधिकार बाल यौनहिंसाको क्षेत्रमा काम गरिरहेको अन्तर्राष्ट्रिय संस्था इम्प्याक्ट लक्जेमबर्गले ‘इन्टरनेट सेफ्टी एन्ड रिस्क अफ न्यु टेक्नोलोजिज टु चिल्ड्रेल इन नेपाल’ शीर्षकमा गरेको अध्ययनले यस्तो देखाएको हो ।

हिमालका ४, पहाडका ६ र तराईका ५ जिल्लाका बालबालिका, विद्यालयका शिक्षक र अभिभावक गरी १२ हजार ९ सय ४४ जनामाझ गरिएको सर्वेक्षेणको निष्कर्षले बालबालिका इन्टरनेट सुरक्षा र सामाजिक सञ्जालको सचेत प्रयोगबारे जानकार नरहेको देखाएको छ। यो खबर आजको कान्तिपुरमा जनकराज सापकोटाले लेखेका छन् । इक्याप्टको सर्वेक्षणले ७१.८० प्रतिशत बालबालिकासँग मोबाइल फोन र इन्टरनेटको पहुँच रहेको देखाएको छ। इन्टरनेटको प्रयोेग छात्राभन्दा छात्रले बढी गर्छन् ।

सर्वेक्षणममा सहभागी अनुसन्धानकर्मी अधिवक्ता प्रवीन सुवेदीले नेपालका बालबािलका इन्टरनेटको पहुँचमा पुगे पनि त्यसको सुरक्षित प्रयोग नभइरहेको बताउँछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस