रोकिएन ट्रिपर चालकको दादागिरी, काठमाडौंको मिनभवनमा ट्रिपरको ठक्करले एक पैदलयात्रीको मृत्यु

पौष १३, काठमाण्डौँ । ट्रिपरको ठक्करले काठमाडौंको मिनभवनमा एक जना पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका ३१ प्रयागमार्ग मिनभवनस्थित सडकमा बा ३ क १७४२ नम्बरको टिपरको ठक्करबाट शनिबार बेलुका गम्भीर घाइते भएकी पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको हो ।

पहिचान नखुलेकी करिब ६५ वर्षीय महिलाको सिभिल अस्पताल मिनभवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपरलाई नियन्त्रणमा लिनुका साथै हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

सप्तरी, कंचनरुप नगरपालिका ४ कविलाशा टोलस्थित सडकमा शनिबार दिउँसो को २ त ९४०२ नम्बरको ट्याक्टरको ठक्करबाट सोही स्थान बस्ने ८० वर्षीया गुदरी देवी पासवानको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संम्बन्धित समचार

Leave a Reply