ए डिभिजन लिगको तेस्रो चरणका खेलहरु सम्पन्न, शीर्ष स्थानमा मनाङ आयो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ पौष १३, आईतबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पौष १३, काठमाण्डौँ । नेपाली फुटबलको मेरुदण्ड मानिएको सहिद स्मारक ए डिभिजन लिग काठमाडौंमा जारी छ । १४ क्लबले दशरथ रंगशाला र अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा खेलिरहेका छन् । तेस्रो चरणका खेल सम्पन्न हुँदा साविक च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब स्पष्ट जितका लागि तालिकाको शीर्ष स्थानमा छ । साढे चार वर्षपछि दशरथ रंगशालमा फुटबल खेल फर्किए पनि रौनक फर्किसकेको छैन ।

दक्षिण एयिाली खेलकुद (साग) मा दर्शककले उल्लेख्य सहभागिता जनाउँदै नेपाली यु–२३ टोलीलाई साथ दिए । तर, लिगमा भने साथ शून्यप्रायः छ । तेस्रो चरणका खेल सम्पन्न भइसकेका छन् । साविकको च्याम्पियन मनाङले सम्पन्न तीन खेलमध्ये सबै खेलमा जित निकाल्दै नौ अंकका साथ शीर्ष कायम राखेको छ । ललितपुरे टोली थ्रीस्टार पनि अपराजित छ । दुई खेलमा जित र एक खेलमा बराबरी खेलको थ्री स्टार सात अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । यता राष्ट्रिय टोलीका खेलाडीले भरिएको मच्छिन्द्र पनि जारी लिगमा अर्को अपराजित टोली हो । दुई खेलमा जित र एक खेलमा बराबरी खेलेकाले मच्छिन्द्र ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।

गणितीय समीकरणमा सात अंक भए पनि यसअघि सम्पन्न रेलिगेसनबिनाको लिगमा मच्छिन्द्र पुछारबाट दोस्रो स्थानमा रहँदै एक अंक घटेको हो । समान ६ अंक भएको आर्मी गोल अन्तरका आधारमा तालिकाको चौथौ स्थानमा छ । आर्मीले भने दुई खेलमा जित र एक खेलमा पराजय भोगेको छ । तालिकाको पुछारमा रहेका टोलीद्वय सरस्वती युथ क्लब र फ्रेन्डस् क्लबले सम्पन्न सबै खेलमा नतिजा सुम्पिएका छन् भने अन्य टोलीले मिश्रित नतिजा हात पारेका छन् । जारी लिगमा च्यासल युथ क्लबका स्ट्राइकर सन्तोष साहुखला सर्वाधिक तीन गोल गर्ने खेलाडीको सूचीको शीर्ष स्थानमा छन् । उनको क्लब च्यासलले सम्पन्न तीन खेलमध्ये एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा नतिजा सुम्पिएको छ । उनी लगायत पुराना अनुहारले जारी लिगमा क्लबबाट प्रतिनिधित्व गरिरहेका छन् । अस्ट्रेलिया बस्दै आएका पूर्वराष्ट्रिय खेलाडी जगजित श्रेष्ठ मनाङबाट खेल्न नेपाल फर्किएका छन् भने नेपाल पुलिसका रविन श्रेष्ठले पुलिस टिममा शुक्रबारको खेलबाट कमब्याक गरेका छन् । यसअघि उनी खुट्टाको चोटका कारण मैदानबाहिर थिए । यस्तै, लिगमा नयाँ खेलाडीले पनि मौका पाएका छन् ।

केही खेलाडीले प्रमाणित गर्ने अवसर पनि पाएका छन् । अघिल्लो संस्करणमा नदेखिएको रौनकता खेलाडीमा दखिए पनि दर्शकको नजरमा अझै परेको छैन । एन्फाले दर्शकलाई आकर्षित गर्न विदेश भ्रमणदेखि राष्ट्रिय टोलीसँग डिनरको अफर ल्याएको छ । तर पनि दर्शकको उपस्थिति न्युन छ । थाहा खबरसँगको साझेदारीमा । आयोजक एन्फाले पनि लिगको रौनकतालाई त्यति राम्रोसँगै प्रचारप्रसार गर्न सकेको छैन। दशरथ रंगशालमा खेलहरु सञ्चालन गरे पनि फाटफुटले मात्र लिग हेर्न आएका छन् । लिगमा अब चौथो चरणका खेल सोमबारबाट हुनेछन् । चौथो चरणका सबै खेल एन्फा मुख्यालयमा हुने एन्फाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस