भ्रमण वर्ष २०२०’ अभियान सुरु हुँदै

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७६ पौष १४, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पौष १४, काठमाण्डौँ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ आउँदो बुधबारदेखि ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान सुरु हुँदैछ । नयाँ वर्षको पहिलो दिन जनवरी १ अर्थात पुस १६ गते बुधबार भ्रमण वर्षको औपचारिक उद्घाटन हुनेछ । भ्रमण वर्ष सचिवालयकाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा भ्रमण वर्ष अभियानको उद्घाटन गर्नुहुनेछ । त्यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै सातै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्नो प्रदेशबाट भ्रमण वर्षको उद्घाटन गर्नेछन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ३१ देशका पर्यटनमन्त्री र विशिष्ठ व्यक्तिलाई भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन निमन्त्रणा पठाइ सक्नुभएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस