३ जलविद्युत आयोजनाका लागि ८५ अर्बको लगानी स्वीकृत, माथिल्लो त्रिशुली १ का लागि करिब ६५ अर्ब

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ पौष १४, सोमबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पौष १४, काठमाण्डौँ । लगानी बोर्डले तीन जलविद्युत आयोजनाको लागि ८५ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । आइतवार प्रधनमन्त्री एवम् लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको ४२ औं बैठकले सो निर्णय गरेको हो ।

कोरियली कम्पनीको लगानीमा निर्माण हुन लागेको २१६ मेगावाटको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाका लागि करिब ६५ अर्ब, चिनियाँ कम्पनीले नै निर्माण गर्न लागेको ५० मेगावाटको मस्र्यांदीबेसी जलविद्युतका लागि ११ अर्ब ७७ करोड ५४ लाख तथा नेपाल टेलिकम समेतले लगानी गर्न लागेको ३७ मेगावाटको त्रिशूली ३ बी आयोजनाका लागि ८ लाख २२ करोड ७४ लाख बराबरको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो । कारोबार दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस