सहमती यसरी उल्टियो, सरकार–केसी वार्तामा कसले हाल्यो भाँजो ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ श्रावण ९, बुधबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन ९,काठमाडौँ । गोविन्द केसीका प्रतिनिधि र सरकारी प्रतिनिधि बीचको वार्ता कांग्रेस र विवेकशील साझा पार्टीले भाँडेको आरोप लागेको छ ।

हिजो केसी र सरकार पक्षबीच ७ बुँदे सहमति भएको थियो । हिजोको वार्तापछि कांग्रेस नेता गगन थापा, विवेकशील साझाका सुरेन्द्र भण्डारी र ओम अर्यालको होटेल क्रिष्टल थापाथलीमा बैठक बसेको स्रोतले बतायो ।

सरकारसँग भएको सहमति नमान्ने निश्कर्ष उनीहरुले हिजै निकालेका थिए । आजको वार्तामा केसीका तर्फबाट आएका जीवन क्षत्री र अभिषेक सिंह लचिलो रुपमा प्रस्तुत भएका थिए । तर, विवेकशील साझाका ओम अर्याल र सुरेन्द्र भण्डारीले भने हिजोको सहमति कार्यान्वयन गर्ने प्रक्रियाका विषयमा विवाद झिकेका थिए ।

सरकारका तर्फबाट ७ बुँदे सहमति अनुरुप संसदमा सरकारले प्रस्तुत गरेको विधेयक संसदमा गइसकेकाले सहमति अनुरुपको संशोधन गर्न लचकता प्रस्तुत गरिएको थियो ।

विधेयकमाथि संशोधन गर्ने क्रममा संशोधन प्रस्ताव मार्फत केसीका माग अघि बढाउन साझा विवेकशीलका प्रतिनिधिहरु सहमत भएनन् । स्रोतका अनुसार उनिहरुले संसदको प्रक्रिया जेसुकै भए पनि सरकारले अहिले नै संसदले पास गर्ने दस्तावेजमा सहि गर्नु पर्ने जिद्दी गरेका थिए ।

संसदलाई पनि डिक्टेट गर्नु पर्ने प्रस्ताव साझा विवेकशीलका तर्फबाट आएपछि वार्ता भाँडिएको स्रोत बताउछ।

ताजा अपडेट

खोजी गर्नुहोस