पूर्व–पश्चिम रेलमार्गको डीपीआर १५ महिनाभित्र तयार हुने

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७६ पौष १४, सोमबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पौष १४, काठमाण्डौँ । पूर्व–पश्चिम रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) १५ महिनाभित्र तयार हुने जनाईएको छ । हालसम्म पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तरगत मध्यखण्डको डीपीआर बनाउन सुरु गरिएको थिएन । चितवन राष्ट्रिय निकुञ्ज छल्नेगरी तयार पार्नुपर्ने निजगढ–हेटौंडा–भरतपुर खण्डको डीपीआरका लागि कोरियन तथा चीनको ज्वाइन्ट भेन्चर कम्पनी छनोट भएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । यसका लागि करिब ३० करोड रुपैयाँ खर्च गरिँदैछ ।
सरकारले यो रेलमार्गको डीपीआर बन्न बाँकी एउटा खण्डको काम १५ महिनामा सक्ने गरी परामर्शदाता छनोट गरेर काम थालेको हो । यो खण्ड करिब १३६ किलोमिटरको हुनेछ । २०७५ असोज १६ गते विभागले कम्पनी छनोट गर्न टेन्डर निकालेको थियो

ताजा अपडेट

खोजी गर्नुहोस